Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्रकी नातिनी तथा पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानी शाहका जेठी छोरी पूर्णिका शाह यतिखेर अध्ययनको क्रममा थाइल्याण्डमा रहेकी छन्।
पूर्व राजपरिवारको सदस्य भएको कारण चर्चामा रहेकी पूर्णिकाले http://qooh.me/ नामक वेबसाइटमा प्रश्नकर्ताहरुलाई जवाफ दिदै आफ्नो आदर्श नै आमा हिमानी भनेकी छन्। आमा हिमानी शाह नै आफ्नो प्रेरणा र ठूलो शक्ति हो भनेकी छन्। आमा हिमानीले सधैं आफूलाई राम्रो मान्छे बन्नलाई प्रोत्साहन गर्दैआएको खुलासा गरेकी छन्।
रोमान्टिक फिल्म भन्दा हरर फिल्म हेर्न रुचि राख्ने १९ बर्षिया पूर्णिकाले आफ्नो ड्रिम ब्वाइ भेटाइसकेको पनि खुलासा गरेकी छन्। पूर्णिकालाई राजनीतिमा कुनै रुचि नरहेको बताएकी छन्। पढाइ सिध्याएपछि सधैंका लागि नेपाल फर्कने योजनामा रहेकी पूर्णिका भविष्यमा कुनै आध्यात्मिक कर्ममा संलग्न हुने उक्त वेबसाइटमा प्रश्नकर्ताहरुलाई जवाफ दिएकी छन्।