काठमाडौं। प्रेम भनेको त्यो शव्द हो। जुन मनवाट आएको हुन्छ। त्यो मनवाट आएको पहिलो प्रेम अकबरी सुन जस्तै हुन्छ। योप्रेममा मनको कुरा हुन्छ। शरीरको कुरा हुंदैन। मनवाट स्खलित प्रेमको विजारोपनमा कुनै शारीरिक अपाङ्गताले कुनै महत्व राख्दैन भन्ने कुराको प्रमाण नुवाकोटकी हरिमाया र काजिलाल श्रेष्ठको प्रेमवाट प्रमाणित भएको छ।
काजिलालको जन्मजात पोलियोका कारण एउटा खुट्टामा दुर्वलता छ। त्यो दुर्वलतामा पनि सवलता देख्ने महान प्रेमिका रुपमा हरिमाया देखिएकी छन्। हरिमायाको मनले ३० बर्षअगाडि नै काजिलाललाई मन पराएर विहे गरेकी हुन। त्यो बेला विवाह गर्दा धेरैले धेरै कुरा काटे। कुरा काट्ने काट्दै गर्छन। त्यसको बालै मतलव नगरिकन दाम्पत्य जीवनको फूलवारी सजाउनतिरमा रमेकी हरिमाया र काजिलालको दाम्पत्य जीवनले पनि यो बर्षवाट ३० बर्ष पार गरिसकेको छ। यस अवधिमा सुख तथा दुःख दुवै आए।
दुवैलाई मेहनत तथा कर्मले सामना गरेर अगाडि बढ्दै गए। हरिमाया र काजिलालको जीवनको फूलवारीमा एक छोरा र दुई छोरी छन्। छोरा–छोरीवाट सुखी तथा खुशी देखिएका हरिमाया र काजिलालको जीवन बेस्वाद हैन, स्वाद बनेको छ। जिन्दगीप्रति दुवैले कुनै गुनासा गरेका छैनन्। संसारको भाग्यमानी तथा सुखी जोडीको रुपमा दुवैले लिएका छन्।
कोरोनाको कहरमा जारी लकडाउनको अवस्थामा श्रीमान काजिलाल भोको पेटले विपदमा परेका अपाङ्ग, एकल तथा गर्भवती महिला, मिर्गौलाका रोगीहरुलाई खाना खुवाउने लगायत राहत वितरण गर्ने कार्यमा सक्रियता पूर्वक लागेकोमा असाध्यै गर्ब गर्ने कार्य हरिमायावाट भएको छ। हरिमाया पनि श्रीमानका यस्ता सामाजिक सेवात्मक कार्यमा सहयोगी बनेर लागिरहेकी छन्।