Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौं। बलिउडकी ख्यातिप्राप्त निर्मात्री एकता कपुरले निर्माण गरेको वेव सिरिज ‘एक्सएक्सएक्स अनसेन्सर्ड २’ यतिबेला विवादमा फसेको छ। यो वेव सिरिजको एक भागमा देखाइएको दृश्यले भारतीय सेनाको अपमान गरेको भन्दै निर्माण कम्पनीविरुद्ध उजुरी परेपछि विवादमा परेको हो।
हिन्दुस्तान भाउ नामक संस्थाले मुम्बई प्रहरीमा उजुरी दर्ता गरेपछि एकता कपुरको नाममा अल्टिमेटम पत्र समेत पठाएको छ। जसमा, उनले माफी माग्नुपर्ने र भारत सरकारलाई एक सय करोड जरिवाना पनि तिर्नुपर्ने बताइएको छ।
प्रशारित भाग हटाउनुपर्ने, भारतीय सेनासँग माफी माग्नुपर्ने र जरिवाना स्वरुप भारत सरकारको खातामा सय करोड दिनुपर्ने माग गरेसँगै एकता तनावमा परेको भारतीय समाचार माध्यमहरुले उल्लेख गरेका छन्।
अल्टिमेटमलाई वेवास्ता गरेको खण्डमा सर्वोच्च अदालतमा उजुरी दिने र बालाजी फिल्मस्लाई बहिष्कार गर्ने चेतावनी समेत दिइएको भारतीय समाचार माध्यमहरुले लेखेका छन्।
यो सिरिजमा कलाकार अदिती कोहलीले आर्मी अफिसर्सको पत्नीको भूमिका निर्वाह गरेकी छन्। जहाँ, आफ्ना पति ड्यूटीमा गएपछि उनले एक व्यक्तिलाई घरमा बोलाउँछिन् र पतिको यूनिफर्म लगाएर अन्तरंग दृश्य दिएको दृश्य देखाइएको छ। यो दृश्यलाई हिन्दुस्तानी भाउले भारतीय सेनाको अपमान गरेको भन्दै उजुरी दिएको हो।
यसैवीच भारतीय समाचार माध्यम हिन्दूस्तान टाइम्सका अनुसार, विवादित उक्त वेब सिरिज कारण निर्मात्री एकता कपुरलाई बलात्कारको धम्की समेत आउन थालेको छ। अल्ट बालाजीसँग मिलेर एकता कपुरले निर्माण गरेको वेब सिरिजको एक दृश्यमा सेनालाई अपमान गरेको भन्दै धेरैले सामाजिक सञ्जालमा एकता कपुरको विरोध गरेका छन्। कतिले सिरिज नै बन्द गर्नुपर्ने टिप्पणी दिएका छन्।
एकताले उक्त दृश्य सिरिजबाट हटाउनु र माफी माग्नु आफ्नो लागि ठूलो विषय नै नभएको बताएकी छन्। उक्त विवादित दृश्य केही दिन अघि नै सिरिजबाट हटाइसकेको छ। सामाजिक सञ्जालमा यसरी बलात्कारको धम्की आउन थालेपछि एकताले साइबर बुलिङ विरुद्ध खडा हुने सोचेकी छन्।
कुनै सेनाको संस्थाले नै माफी माग्नु पर्ने कुरा गरेमा आफू पछाडि नहट्ने एकता बताउँछिन्। तर, एउटा सेक्सुअल कन्टेन्टकै आधारमा साइबर बुलिङ र बलात्कारको धम्की सहन नसकिने उनको तर्क छ।