
आज सांस्कृतिक उत्सव गाईजात्रा पर्वको बेग्लै रौनक
काठमाडौ। भाद्र कृष्ण प्रतिपदा सांस्कृतिक उत्सव ‘गाईजात्रा’ पर्व परेको छ। एक वर्षभित्र दिवङ्गत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। […]