
बाढीले भक्तपुरको चारैवटा नगरपालिका क्षेत्र डुवान तथा विनाशै–विनाश
भक्तपुर। बुधवार रातिदेखि परेको अविरल वर्षाका कारण भक्तपुरमा जन–धन दुवै क्षति भएको छ। भक्तपुरको प्रसिद्ध नदी हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको चारैवटा नगरपालिका क्षेत्रमा विनाश पारेको हो। राति ३ बजेदेखि भक्तपुरका बस्ती–बस्तीमा पानी पस्न थालेपछि भक्तपुरवासीको निन्द्रा हराम भएको थियो। […]