Day: 14 May 2017

#Crime

स्थानीय निर्वाचनमा मतदान गरेर फर्केका कलाकारको ढुंगा हानी हत्या

काठमाडौ। तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नंवर १ तल्लो भादगाउँ स्थित मतदान केन्द्रमा मतदान गरेर घुम्न निस्केका नेपाली चलचित्र तथा रंगमञ्चका कलाकार बिक्रम परियारको हत्या भएको छ। स्थानीय निर्वाचनको माहोलमा कलाकार परियारको अज्ञात समूहले ढुंगाले हानेर आक्रमण गरी हत्या गरेको […]

#Political

छिटपुट घटना वाहेक पहिलो चरणको स्थानीय निर्वाचनको मतदान शान्तिपूर्वक संपन्न–७० प्रतिशत मत खसेको अनुमान

काठमाडौ। २० बर्षपछि भएको पहिलो चरणको स्थानिय निर्वाचनको मतदान कार्य आइतवार ५ बजेभित्र संपन्न भएको छ। विहान ७ बजेवाट प्रारम्भ भएको मतदान छिटपुट घटना वाहेक शान्तिपूर्वक संपन्न भएको निर्वाचन आयोगले भनेको छ। निर्वाचन आयोगका अनुसार निर्वाचनमा करिब ७० प्रतिशत मत […]

#Political

पूर्वराजा ज्ञानेन्द्र शाहव्दारा स्थानीय निर्वाचन बहिस्कार

काठमाडौ। नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाहसहित पूर्वराजपरिवारका सदस्यले बैशाख ३१ गते आइतवारको स्थानीय निर्वाचन बहिस्कार गरेका छन्।  पूर्वराजा ज्ञानेन्द्रकै चाहनाअनुसार पूर्वराजपरिवारका सदस्यहरुले स्थानीय निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका हुन्। गणतन्त्र स्थापना पछि भएका दुईवटा निर्वाचनमा पनि पूर्वराजपरिवारका सदस्यले मतदान गरेका थिएनन्। गणतन्त्र […]

#Political

कांग्रेस र एमालेको झडपमा प्रहरीले गोली चलाउंदा दोलखामा एकको ज्यान गयो

काठमाडौ। दोलखाको मेलुङ गाउँपालिकाको पोवटी मतदान केन्द्रमा प्रहरीको गोली लागेर नकुल भुजेलको मृत्यु भएको छ । सो घटनामा परी नेपाली काँग्रेस कार्यकर्ता सूर्यप्रसाद न्यौपानेको टाउकोमा गम्भीर चोट लागेको छ। काँग्रेस र एमाले कार्यकर्ता वीच विवाद हुँदा झडप भएको थियो । […]

#Entertainment

भोटर लिष्टमा नाम नभएपछि नायिका करिश्माको श्रीमान विनोद मानन्धरप्रति आक्रोश

काठमाडौ। नेपालकी सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरले काठमाडौवाट स्थानीय चुनावमा मतदान गर्न नपाएपछि आक्रोश पोखेकी छन्। नयाँ शक्ति नेपाल पार्टीको सक्रिय सदस्य समेत रहेकी नायिका मानन्धरको मतदाता नामावाली काठमाडौवाट सप्तरी जिल्लाको राजविराज पुगेपछि उनी पति विनोद मानन्धरसँग आक्रोशित बनेकी हुन्। […]

#Political

गोरखा जिल्लाको विकट साम्दो केन्द्रमा डेढ घण्टामै मतदान संपन्न

काठमाडौ। पश्चिम नेपालको गोरखा जिल्लाको विकट साम्दो केन्द्रमा मतदान डेढ घण्टामा नै संपन्न भएको निर्वाचन आयोगले जनाएको छ। सो केन्द्रमा ७१ जना मतदाता थिए भने ७० जनाले मतदान गरेका छन्। बिहान ८.४५ बजे नै मतदान संपन्न भएको हो। साम्दोको मतपेटिका सिलवन्दी […]