Day: 4 January 2016

#Entertainment

नाइट लाइफमा झरनाको मसाज अनुभव

काठमाडौ । नंबरी नायिका झरना थापालाई नाइट लाइफमा रम्न मन पर्न थालेको छ । नेपालको नाइट लाइफलाई हालसम्म नचाहरेको भएतापनि व्यवस्थित नाइट लाइफ नेपालमा पनि अत्यन्त आवश्यक भैसकेको जिकिर झरनाको रहेको छ।  व्यस्त जिन्दगीको तनलाई स्वस्थ बनाउने माध्यमको रुपमा नाइट […]

#Political

नेपालका पूर्वअर्थमन्त्री डा.रामशरण महत विश्वकै उत्कृष्ट अर्थमन्त्री

काठमाडौ। लण्डनको प्रख्यात अन्तरराष्ट्रिय म्यागेजिन दि बैंकरले नेपालका पूर्वअर्थमन्त्री डा.रामशरण महतलाई विश्वकै उत्कृष्ट अर्थमन्त्रीको अवार्डवाट सम्मानित गरेको छ। गत बैशाख १२ गते नेपालमा गएको महाभूकम्पपछिको असहज परिस्थितिको आर्थिक प्रशासनलाई सुधार गरेको आधारमा पूर्वअर्थमन्त्री डा.महतलाई उक्त अवार्डवाट सम्मानित गरिएको म्यागेजिनले जनाएको […]

#Entertainment

संगीतकार अम्बर गुरुङ्गले आजीवन मासिक उपचारखर्च ३० हजार रुपैया पाउने

काठमाडौ। नेपाल सरकारले संगीतकार अम्बर गुरुङलाई स्वास्थ्य उपचारका लागि मासिक ३० हजार रुपैयाँसहित सम्मान गरेको छ। बूढानिलकन्ठस्थित संगीतकार गुरुङको निवासमा पुगी सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले उनलाई सम्मान गर्दै मासिक उपचार खर्चबापत ३० हजार रुपैयाँ हस्तान्तरण गरे। […]

#Social

भारतको मणिपुरमा गएको भूकम्पको धक्का नेपाल देखि बंगलादेशसम्म-पाँचको मृत्यु, सयभन्दा बढी घाइते

काठमाडौ। भारतको मणिपुरमा सोमवार विहानै आएको भूकम्पको असर नेपालमा पनि परेको छ। नेपाली समयअनुसार मणिपुरमा विहान ४ बजेर ५० मिनेट जांदा ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्प भारतको मणिपुर इम्फालदेखि ३३ किलोमिटर टाढाको दूरीमा केन्द्र बनाएर गएको […]

#Social

अमेरिकामा नेपाली चेली प्राशा तुलाधरको फोक्सो प्रत्यारोपण गर्न विश्वसन्देश साप्ताहिकको सहयोग

काठमाडौ। अमेरिका प्रवास न्यूयोर्कबाट विगत आठ बर्षदेखि निरन्तर प्रकाशित हुंदैआएको सामुदायिक नेपाली पत्रिका विश्वसन्देश साप्ताहिकले प्रकाशनको नवौं बर्षको प्रवेशमा अमेरिकामा फोक्सो प्रत्यारोपणको प्रतिक्षामा बसेकी नेपाली चेली प्राशा तुलाधरको उपचार्थ सहयोग रकम हस्तान्तरण गरेको छ। विश्वसन्देश साप्ताहिकको अगुवाईमा संकलित रकममा ११११ […]