काठमाडौ। रेडियन्ट इभेन्ट म्यानेजमेन्टको आयोजनामा आइतवार व्युटीसियन डिभा २०१६ संपन्न भएको छ। काठमाडौको राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा नेपालका १७ जना व्युटीसियनहरुको सहभागिता रहेको थियो।
आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका अध्यक्ष तथा कार्यकारी प्रमुख एवम् ख्यातिप्राप्त कोरियोग्राफर राज फैंजुको कोरियोग्राफीमा संपन्न यो बर्षको व्युटीसियन डिभा २०१६ को ताज व्युटीसियन प्रमिला भण्डारीले जितेकी छन्।
अर्की व्युटीसियन चन्दा सुवेदी फस्ट रनरअप तथा पारु शर्मा सेकेण्ड रनरअप बनेका छन्। तीनैजनालाई आयोजकको तर्फवाट राज फैंजुले नगद पुरस्कार सहित विभिन्न उपहार प्रदान गरेका थिए।
प्रकाशन मिति–२०७३ साल भदौ २७ गते सोमवार ।