काठमाडौ। नेपालमा विगत पन्ध्र बर्षअगाडि देखि विश्वव्यापी जीवन बीमा सेवा प्रदान गर्दै आएको मेटलाइफ दुई स्टिभ अवार्डवाट सम्मानित बनेको छ। द इन्टरनेशनल विजनेस अवार्डले प्रदान गरिएको एनुअल इन्टरनेशनल विजनेस अवार्डको दुईवटा विधामा मेटलाइफ सम्मानित बनेको हो।
स्वस्थ र सुन्दर जीवनका लागि एसियाका महिलाहरुलाई सहयोग गरेकोमा मेटलाइफ बेस्ट न्यू प्रोडक्ट अर सर्भिस अफ द इयरको गोल्ड स्टिभ विनर बन्न सफ भएको हो। त्यसैगरेर मस्ट इनोभेटिभ कंपनी अफ द इयर इन एसिया, अष्ट्रेलिया एण्ड न्यूजिल्याण्डको ब्रोन्ज स्टिभ विनर बन्न पनि मेटलाइफले सफलता पाएको छ।
द इन्टरनेशनल विजनेस अवार्ड विश्वकै सवैभन्दा ठूलो विजनेस अवार्ड कार्यक्रम हो। मेटलाइफले नेपाल लगायत विश्वका झण्डै ५० भन्दा बढी मुलुकका १ सय मिलियन ग्राहकलाई जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ।
प्रकाशन मिति–२०७३ साल भदौ १९ गते आइतवार ।