काठमाडौ। नेपालको सुदुरपश्चिमको पहाडी जिल्ला बझाङ्गमा भूकम्पको धक्का अझैपनि रोकिएको छैन्। आज विहान शनिवार पनि लगातार दुई पटक भूकम्पको धक्का महशुश गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
विहान ६ बजेर ८ मिनेटमा ४.४ रेक्टर स्केलको र ६ बजेर ३२ मिनेटमा ३.२ रेक्टर स्केलको अर्को भूकम्प गएको छ। दुवै भूकम्पको केन्द्रविन्दू बझाङ्गको सदरमुकाम चैनपुरवाट ११ किलोमिटर उत्तरपूर्व मयानामा परेको छ। त्यही ठाउँमा केन्द्रबिन्दु बनाएर यही असार १५ र १६ गते गरेर २१ पटक भूकम्पको धक्का महसुस गरिएको थियो।
भूकम्प गएपछि स्थानीयवासी घर बाहिर र खुला ठाउँमा जम्मा भएका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षकले नरेन्द्र चन्दले भूकम्पले क्षति पुर्यायो भन्ने अहिलेसम्म कुनै जानकारी नआएको र सबै ठाउँमा सम्पर्क गरी भूकम्पको क्षतिबारे सङ्कलन भइरहेकाे उनले जानकारी दिए।
प्रकाशन मिति–२०७३ साल असार १८ गते शनिवार ।