काठमाडौ। अष्ट्रेलियावाट प्रकाशित आर्थिक पत्रिका बीआरडब्लुले प्रकाशित अष्ट्रेलियाका धनीहरुको सूचीमा त्यहाँको नेपाली धनाढ्य व्यापारी शेष घले र उनको श्रीमती जमुना गुरुङ्ग १ सय ५ औं नंबरको धनीमा परेका छन्। पत्रिकाले आज विहीवार प्रकाशित गरेको धनीहरुको सूचीमा घले दम्पति उक्त नंबरमा परेका हुन्।
गत बर्ष ९९ नंबरमा देखिएका घले यो बर्ष ६ स्थान तल परेपनि घलेको सम्पत्तिमा अघिल्लो बर्षमा भन्दा ५८ मिलियन डलरले बृद्धि भएको जनाएको छ।गतबर्ष ५ सय २८ मिलियन सम्पति रहेका घलेको सम्पति बढेर यस वर्ष ५ सय ८६ मिलियन डलर पुगेको छ।
करिब दुई दशकअघि सामान्य विद्यार्थीका रुपमा अष्ट्रेलिया आएका घलेको मेलबर्नमा रहेको ‘मेलबर्न इन्ष्टिच्युट अफ टेक्नोलोजी’ र घरजग्गाको ब्यवसाय छ । उनी प्रवासी नेपालीहरुको संगठन एनआरएनएको अध्यक्ष पनि हुन् । उनी काठमाडौंमा ५ तारे होटलसमेत सञ्चालनको तयारीमा छन् ।
प्रकाशन मिति–२०७३ साल जेठ १४ गते शुक्रबार ।