–सुनकुमार अवाल
काठमाडौं । फुपु र भुपुको यतिखेर मनमा अनेकन तर्कना आउने गर्दछ। म आफैपनि नेपाल प्रहरीको भुपु प्रहरी भएको कारण तर्कना आउनु स्वभाविक हो।
मलाई लाग्छ–कतिको फुपु मेरो जस्तै प्यारो हुने गर्दछ। मेरो बुवाको बहिनी अर्थात मेरो फुपुको हिजोआज मलाई खुवै याद आउने गरेको छ। त्यो बचपनको बेला बुवाले भन्दा फुपुले धेरै माया गरेको पल अनि क्षण साँच्चै भन्ने हो भने,अझैपनि यादगार रहेको छ।
सानोबेलाको त्यो समय म शायद भर्खर तातेबोली बोल्दै गरेको बेला मेरो फुपुले भक्तपुरको सरस्वतीखेल हुंदै बाहाखाबजारसम्म बोकेर लगेर मलाई ग्वालमारी खुवाएको अझै याद छ। त्यो याद अझैपनि मानसपटलमा रहेको छ। यादमा हराएको मान्छे म ! मेरो फुपु उमेरले तीन बीस पुगिसक्नु भएको छ।
उहाँ त्यही बाहाखाबजारमा हुनुहुन्छ। उहाँ मेरै फुपु हुनुहुन्छ। मैले प्रहरीको जागिर खाँदा पनि उहाँ फुपु नै हुनुहुन्छ । अहिले पनि हुनुहुन्छ । म चाहिँ भुपु भैसकेको छ। त्यसैकारण, फुपु र भुपुमा फरक छ। मलाई भुपु भन्दा फुपु नै प्यारो लाग्छ ।
प्रकाशन मिति–२०७९ साल जेठ १४ गते शनिवार ।