काठमाडौं। तत्कालीन नेपालको राजपरिवारसंग नाम जोडिएकी देवयानी राज्यलक्ष्मी राणा बहुराष्ट्रिय कंपनी कोकाकोलाको उपाध्यक्षमा नियुक्त भएकी छन्। बहुराष्ट्रिय कंपनी कोकाकोलाले जनाएअनुसार, देवयानीलाई भारत र पश्चिम एशियाका लागि जनसम्पर्क, सञ्चार तथा दिगोपना मामिला संवन्धी उपाध्यक्षमा नियुक्त गरेको हो।

बहुराष्ट्रिय कम्पनीको उच्च पदमा पुग्ने सीमित नेपालीहरूमा देवयानी राणाको नाम पनि थप भएको छ । देवयानीसँग सरकार तथा व्यावसायिक मामिलामा साढे दुई दशकभन्दा लामो समय काम गरेको अनुभव छ।

२५ वर्षको कार्यानुभव भएकी देवयानीले यसअघि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) स्वाब फाउण्डेशसन, जेनेभा तथा वर्ल्र्ड इकोनोमिक फोरममा काम गरेकी थिइन् ।

देवयानीले रणनीतिक व्यववसाय, पैरवी, जोखिम व्यवस्थापन, सञ्चार, व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) लगायतका क्षेत्रता विज्ञता हासिल गरेकी छिन्। राणा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाकी सुपुत्री हुन्।
प्रकाशन मिति–२०७८ साल असार २२ गते मंगलवार ।