विचार–
–मनोज आचार्य
मैले आजसम्म पनि बुझ्न सकिँन कि म बाँच्नको लागि काम गर्दैछु कि काम गर्नको लागि बाँचिरहेको छु। बच्चा हुँदा सबै ब्यक्तिको एउटै प्रश्न–बाबु ठूलो भएपछि के बन्ने ? के बन्ने मन छ भनेर गरिएको प्रश्नको जवाफ अहिले आएर पाए भन्न मन लाग्यो। फेरि केटाकेटी (बच्चा) नै बन्ने मन छ। अब त थाकिसकें। म तेरो जिन्दगी (नोकरी) देखि। ए जिन्दगी राम्रो हुन्थ्यो–मेरो जिन्दगी (हिसाव) गरिदिए दिक्क लागि सक्यो अब त।
बल्ल साथीहरुसँग छुट्टिएर पो यो वास्तविकता थाहा पाए। हो, उनीहरु फटाहा, स्वार्थी, मतलवी थिए। तरपनि, रमाईलो उनीहरुसँगै थियो। पैसाले खल्ती भरिएको बेला (पर्शमा टन्न नोट हुँदाखेरि) निकै फूर्तीफार्ती हुन्थ्यो। त्यतिखेर नचिनेका मान्छे पनि नजिकिने साथी हुन्थे ! दुनियाँ आफ्नो हुन्थ्यो। सबै आफन्त हुन्थे । आफन्त झन् आफन्त हुन्थे। जब खल्ती खाली हुँदै गएपछि जुम्राले लास छोडेजस्तै भयो।आफन्त पनि चिनियो।
अनि त्यसपछि अर्ति,उपदेश, ज्ञानगुण र तर्कबितर्कका कुराहरु बढ्न थाले। त्यसपछि जब २–४ पैशा कमाँउन थालें। अनि थाहा पाइयो (महशुस भयो )। पहिलाको फुर्मासी,शान, मोजमस्ती, फाल्तु खर्च त बुवा (बाबा) को पैसामा पो हुन्थ्यो। अब आफ्नो कमाईले त आफ्नो आवश्यकता मात्रै पूरा हुँदो रहेछ। बुवाले त्यतिखेर कसरी सबैको आवश्यकता पुर्याउनु भएको रहेछ त मध्यम बर्गिय परिवारको खर्च। बल्ल मैले महशुश गरिरहेको छु। धन्य! मेरो बुवा। बुवा (बाबा,पिता,डेडी) अभिभावक बन्ने कुरा त्यति सजिलो कहाँ हुँदो रहेछ र ? बल्ल बुझें।
बुवा भए खानपिन घरको छानो छ। बुवा भए बच्चाको खेलौंना,नाना र गाना छ। बुवा भए प्रतिक्षण आलाप र राग छ। बुवा भए आमाको चुरा पोते,सिन्दुर र सुहाग छ। बुवा भए सबै सन्तानको सपना साकार छ । त्यसैले बुवा भएर नै होला–पृथ्वी गोलाकार छ। के गर्ने हाँस्न मन नलागे पनि हाँस्नु पर्छ। कस्तो छ भनेर कसैले सोधेको जवाफमा राम्रो छ भन्नुपर्छ। यो जिन्दगीको नाटक हो। साथी यहाँ हरेकले अभिनय (नाटक) गर्नुपर्छ।
जलन–
यहाँ सलाईको काम पर्दैन यहाँ मान्छेसँग मान्छे जल्छन ईर्श्या गर्छन। संसारका साइन्टिफिकहरुले खोजिरहेछन कि– जलन (ईर्ष्या) मा जिन्दगी छ कि छैन भनेर! तर मान्छेहरुले खोजेकै छैन्। जिन्दगीमा खुशी छ कि छैन भनेर। जिन्दगी खुशीमा छ।
निन्द्रा-
निन्द्रा र मृत्युमा के फरक छ कसैले भन्न सक्छ ? निन्द्रा अर्ध मृत्यु हो, मृत्यु यथार्थ वास्तविक सत्य हो मृत्यु साँच्चैनै मृत्यु हो।
जिन्दगी–
जिन्दगी त आफ्नो तरिकाले चल्दछ (हिड्दछ)। अरुको सहारामा त लास मात्रै हिड्दछ। जसरि उज्यालो हुन्छ। रात हुन्छ । उमेर पनि त्यसरी नै सिद्धिँदै जान्छ। कोही रोएर चित्त बुझाँउछन्। त कोही हाँसेर दुःख लुकाँउछन।भगवानको कस्तो श्रृष्टि छ–जिँउदो मान्छे पानीमा डुब्छ तर त्यहि मान्छे मरेपछि त्यहि पानीमा उत्रिन्छ। एउटा बसको कन्डक्टर जस्तो भैसक्यो। जिन्दगी हिँड्नु सँधै छ–तर जानु कहिपनि छैन।
जवाफ पाँए हरेक प्रश्नको जवाफ म खोजिरहन्थें। जब म आफ्नो कोठामा पुगेर ओछ्याँनमा पल्टेर माथि दलिन (छत) तिर हेरें दलिनले मलाई भन्यो–म (ऊ) जस्तै उच्च बिचार राख्नु, त्यस्तै दलिनमा झुण्डिएको पङ्खाले भन्यो –सँधै सबैलाई भेदभाव नगरि शितलता दिनु शितल हुनु, अनि भित्ताको घडीतिर आँखा गयो घडीले भन्यो–हर एक सेकेण्ड महत्वपूर्ण छ। त्यस्तै ऐनामा आफूलाई हेरें ऐनाले भन्यो केही गर्नु भन्दा पहिले आफूलाई आफूभित्र हेर। त्यसपछि झ्यालमा उभिएर हेरें झ्यालले भन्यो संसारलाई हेर। भित्तामा झुण्डिएको क्यालेण्डरमा आँखा पुग्यो। उसले पनि भन्यो सँधै तयार (अप टु डेट) हुनु बस्नु भन्यो।अन्त्यमा आँखा ढोकामा पुग्यो। अनि ढोकाले पनि भन्यो आफ्नो गन्तब्यमा पुग्न पूर्ण बल लगाऊ !
रेखा–
त्यसपछि आफ्नो तगदीर (भाग्य) को रेखासँग भेट भयो । रेखाहरु पनि बडो गज्जबका हुन्छन हुँदा रहेछन। निधारमा देखियो भने भाग्य बनाईदिन्छन। जमिनमा परे भने भाग (बण्डा) लगाईदिन्छन। देश (राष्ट्र) मा पर्यो भने सिमाना देखाइदिन्छ। शरीरमा पर्यो भने रगत बगाईदिन्छ । नाता गोता र संबन्धमा पर्यो भने संबन्ध बिच्छेदको पर्खाल बनाइदिन्छ।
एक रुपयाँ एक लाख हुँदैन तर एक लाखबाट एक रुपयाँ निकालियो भने एकलाख पनि एकलाख रहन्न त्यसैले तपाई हामी पनि त्यहि लाखौं साथी,आफन्त,राष्ट्र, समाज,देश बीचको एक रुपयाँ हौं सम्हालेर राखौं राख्नुहोस्!
बाँकी संसारिक लोभ,मोह,ईर्ष्या,लडाई,झगडा सबै झूठो छलकपट धोका हो। यो संसारिक नाटक भित्रको आफ्नो आफ्नो अभिनय गर्ने नाम र पात्रका रुपहरु हुन। मेरो (हाम्रो) जीवनयात्रा यही नै हो।
प्रकाशन मिति–२०७७ साल भाद्र २३ गते मंगलवार ।