Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौं। साउन महिना आएपछि त्यसैपनि हराभरा हुने गर्दछ। अर्थात जताततै हरियो नै हरियो हुने महिनाको रुपमा साउन महिनालाई लिइने गरेको छ। यसले गर्दा पनि साउन महिनालाई हरियो महिनाको रुपमा लिइने गरेको छ। आज यो बर्षको साउन महिनाको पहिलो सोमबार। यस साउन महिनाको सोमवारको अझ बढी धार्मिक महत्व रहेको मानिन्छ।
यो महिनालाई भगवान् शिवको महिनाको रुपमा पनि लिने गरिन्छ। त्यसमाथि साउनको सोमबारमा भगवान शिवको ब्रत बस्ने चलन छ। देशभरका शिव मन्दिर तथा काठमाडौको पशुपतिनाथमा महिलाहरुको व्यापक भीड लाग्ने गर्ने भएतापनि कोरोनाभाइरस (कोभिड–१९) को महामारीका कारण भगवान पशुपतिनाथ मन्दिर प्रवेश निषेध गरिएको कारण वाहिरवाटै दर्शन गरेर फर्कन वाँध्य छन्।
कतिपय शिव मन्दिरहरुमा सामाजिक दूरी कायम राखेर दर्शन गर्ने र गराउने व्यवस्था मिलाइएको छ। काठमाडौं महानगरपालिका वडा नंबर ३२ कोटेश्वर भाटभटेनी पछाडिको निखिलेश्वर र तारकेश्वर मन्दिरमा पनि सामाजिक दूरी कायम गरेर दर्शन गर्ने व्यवस्था मिलाएको भिजन संसार डटकमको कोटेश्वर प्रतिनिधि सुनकुमार अवालले उल्लेख गरेका छन्।
यो साउनमा महिला दिदीबहिनीहरुको गलामा हरियो पोते, हातमा पहेलो चुरा, हातमा मेहेन्दी र बस्त्र पनि हरियो नै देख्न पाइन्छ। साउन महिनामा खास गरी हिन्दु धर्मालम्बीहरुले भगवन शिवको पूजा आराधना र व्रत बस्ने परम्परा छ।
हिमालयकी पुत्री पार्वतीले साउन महिनामा निराहर ब्रत बसेर शिवलाई प्राप्त गरेको विश्वासमा महिलाहरुले साउनमा ब्रत बस्ने गर्दछ। त्यसैले साउन महिना साँस्कृतिक हिसाबले पवित्र महिना हो। यो पवित्र महिनामा विवाहअघिदेखि साउने सोमवारको ब्रत बस्दैआएको जानकारी सिनियर फिजियोथेरापिष्ट सुनिता भट्टराईले भनेकी छन्।
सिनियर फिजियोथेरापिष्ट सुनिता भट्टराईले कुनैपनि समयमा ब्रत बस्दा पानी तथा फलफूल खानु स्वास्थ्यको दृष्टिकोणले राम्रो भएको वताएकी छन्। पन्ध्र दिनमा एकपल्ट हरेक महिना ब्रत बस्न सकेमा स्वास्थ्यको दृष्टिकोणले उपयुक्त हुने र यसले शरीरलाई स्वस्थ वनाउने जिकिर सिनियर फिजियोथेरापिष्ट सुनिता भट्टराईको रहेको छ।
यो महिनाभर महिलाहरु शुद्ध साकाहारी खाना खाने तथा सोमवार ब्रत बस्ने गर्दछन् । आफ्नो परिवारको सुख शान्ति र कुशल मंगलको कामना गरी सोमबार ब्रत वस्ने गरेको सिनियर फिजियोथेरापिष्ट सुनिता भट्टराईले भनेकी छन्।