Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को विषम परिस्थितिमा रगतको हाहाकार हुने संभावनालाई मध्यनजर गरेर त्यसको पूर्तिका लागि विभिन्न संघ–संस्थाले अन द स्पट रक्तदान कार्यक्रम गर्दैआएका छन्।
यसक्रममा काठमाडौं महानगरपालिका वडा नंबर १० बानेश्वर बुद्धनगरमा विशेष रक्तदान कार्यक्रम भएको हो। नेपाल रेडक्रस सोसाइटी बानेश्वर उपशाखा, नेपाल चलचित्र कलाकार संघ, गंगादेवी चुचोल टोलसुधार समिति र नेपाल चलचित्र नृत्य संघको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ८१ जनाले स्वतःस्फुर्त रुपमा रक्तदान गरेका थिए।
जीवनमा नै पहिलो पल्ट उक्त रक्तदान कार्यक्रममा रक्तदान गरेका ख्यातिप्राप्त फोटोग्राफर च्याङ्बा लामा प्रारम्भमा अलिकति डर उत्पन्न भएतापनि पछि आत्मविभोर भएको र पहिलोपल्ट रक्तदान गर्न पाउंदा गौरबता महशुश भएको वताएका छन्।
त्यसैगरेर, कमेडी स्टार गोपाल ढकालले पनि रक्तदान मार्फत ठूलो समाजसेवा गरेको प्रतिक्रिया व्यक्त गरेका छन्। रक्तदाताहरुलाई आयोजक नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का लगायतले प्रमाण–पत्र वितरण गरेका थिए। प्रकाशन मिति–२०७७ साल साउन ३ गते शनिवार ।