Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौं। दक्षिण एशियाको विवाह संवन्धी चर्चित वेबसाइट शादी डट कम विवाह संवन्धी एक प्रावधानका कारण चर्चामा आएको छ। उक्त वेबसाइटमा विवाह संवन्धमा छालाको रंगको एक प्रावधान राखिएको थियो।
जुन प्रावधानको रंगभेद विरुद्धकी अगुवाई गर्दैआएकी एक अभियन्ताले विरोध शुरु गरेपछि त्यसले व्यापकता लिएको छ। त्यो व्यापकताको कडा विरोध आएपछि उक्त प्रावधान शादी डटकमले हटाएको छ। उक्त प्रावधान हटाउन डालस अमेरिकाबाट हेटल लखानीले अनलाइन विरोध अभियान सुरु गरेकी थिइन। अन्ततः शादी डटकमले उक्त प्रावधान हटाउन बाध्य बनेको हो।
उक्त वेबसाइट प्रयोगकर्ताले उनीहरूको आफ्नो छालाको रङ्ग कस्तो छ भनेर जानकारी हाल्नुपर्ने प्रावधान थियो। मेघन नागपालले उक्त वेबसाइट प्रयोग गरेर भारतीय मूलको जीवनसाथी खोज्न चाहन्थिन्। तर त्यसमा रहेको छालाको रङ्ग सम्बन्धी प्रावधानबारे उनले एउटा फेसबुक समूहमा कुरा राखिन् जहाँ हेटल पनि सदस्य छिन्।
हेटलले त्यो त अति भयो भनेर विरोध शुरू गरेको बताइन्। १४ घण्टामै १,५०० जनाले हस्ताक्षर गरे। हामीले यस्तो काम गर्यौँ भनेर कैयौँले खुशी व्यक्त गरे। मेगन र हेटलले त्यसपछि शादी डट कमले उनीहरूलाई ट्विटरमा त्यसबारे प्रतिक्रिया दियो र त्यसै रात प्रावधान हटाएको वताएका छन्। छालाकै रंगको कारण विवाह नहुने प्रावधान निश्चित रुपमा सही प्रावधान नभएको निश्कर्ष उनीहरुको रहेको छ।
अमेरिकामा काला जातिका जोर्ज फ्लोइडको मृत्युमा उठेको विरोध सन्दर्भमा दक्षिण एशियामा रहेको रङ्ग मोह पनि चर्चामा आएपछि त्यसो हुन नदिन शादी डटकमले उक्त प्रावधान हटाएर धेरै राम्रो गरेको सवैको टिप्पणी रहेको बीबीसीले जनाएको छ।