Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौं। आज जुन महिनाको २१ तारिख विश्व संगीत दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाउने कार्य भएको छ। हरेक वर्ष जुन २१ तारिखका दिन विशेष सांगीतिक कार्यक्रम गरी विश्व संगीत दिवस मनाउने गरिन्छ।
विश्व संगीत दिवसको शुरुवात सन् १९८१ मा फ्रान्सबाट भएको हो। त्यसयता संगीतसंग सम्बन्धित सबैलाई एकै ठाउँमा ल्याउने उद्देश्यले विश्वका विभिन्न १ सय १० भन्दा बढी देशमा संगीत दिवस मनाउने कार्य हुंदैआएको छ। नेपालमा वि सं २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो।
विश्वभरको सरल र सहज भाषाको रुपमा संगीतलाई लिने गरिएको नेपाल सांगीतिक संघका अध्यक्ष तथा नेपालको नंबर वान संगीत विद्यालय साधना कला केन्द्रका संस्थापक मिलन मोक्तानले वताएका छन्।
अध्यक्ष मोक्तानका अनुसार, संगीतको कुनै भाषा, जाति तथा धर्म नहुने र संगीतको भाषा, जाति र धर्म संगीत वाहेक अरु छैन्। कोरोनाको कहरका कारण नेपाल सांगीतिक संघले कुनै औपचारिक कार्यक्रम नराखेपनि सवै संगीतकर्मीहरुले घर–घरमा बसेर नै विश्व संगीत दिवस मनाउने कार्य भैरहेको जानकारी पनि अध्यक्ष मोक्तानले दिएका छन्।
नेपाली संगीतका टल्किरहेको मोति नै मानिएका अजम्बरी संगीतका संगीतकार राजु सिंहले नेपालमा संगितकर्मीको जीविकोपार्जनका लागि व्यावसायिक कठिनाई हुने गरेको बताउँदै आएपनि पछिल्लो समय भने सो अवस्थामा केही सुधार भएको बताउँछन्।
सङ्गीत तथा कला क्षेत्रमा क्रियाशील साधक एवं गायक–गायिका, रचनाकार, सङ्गीतकार तथा सङ्गीतप्रेमीहरुको सहभागीतामा प्रत्येक बर्ष आजैका दिन विश्व संगीत दिवस मनाउने कार्यवाट संगीतकर्मीहरुका लागि प्रेरणाको दिन नै भएको युगिन संगीतकार सूर्य थुलुङको भनाई रहेको छ। प्रकाशन मिति–२०७७ साल असार ७ गते आइतवार ।