Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौं। कोरोनाको कहरका कारण जारी बन्दाबन्दी अवस्थामा विभिन्न सिर्जना गर्ने कार्य प्रायवाट हुने गरेको छ। सिर्जनात्मक खुबी भएकाहरुका लागि यो बन्दाबन्दीको अवस्था क्रियात्मक सिर्जना गर्ने अवसर पनि हो।
यसक्रममा फोटो तथा फ्रेमिङमा विश्व विख्यात नै बनिसकेका क्रियटिभ फोटोग्राफर तथा फ्रेम डिजाइनर च्याङ्बा लामाले बन्दाबन्दीमा फ्रेमिङमा नयाँ क्रियशन नै गरेका छन्। जसलाई फोटोग्राफर लामाले लकडाउन क्रियसन भन्न रुचाउंछन्।
एउटै फ्रेममा विभिन्न फ्रेमहरु उनेर २१ वटासम्म साना तथा ठूला फोटोहरु राखेर अविस्मरणीय पलका फोटोहरु राख्ने फ्रेमको डिजाइन गरेका छन्।
लकडाउन क्रियसन राखिएको फोटो फ्रेमिङलाई अत्यन्त रुचाएर नायिका शुभेच्छा थापा तथा उनको श्रीमान अनिल थापाले लकडाउन अविस्मरणीय फोटो फ्रेम नै वनाउन फोटोग्राफर तथा फ्रमर च्याङ्बा लामालाई दिएका छन्।
जुन अत्यन्त आकर्षक ढंगवाट वनाइदिएर दुवैलाई मक्खै पार्ने कार्य भएको छ। फोटोफ्रेमिङ यस्ता विभिन्न क्रियशनहरु बेलाबखत लामावाट हुंदैआएको छ।