Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौं। नेपाली चलचित्रका महानायक नै मानिएका अभिनेता राजेश हमालको आज जेठ २७ गते जन्म दिन परेको छ। नेपाली चलचित्र उद्योगमा लामो समय राज गर्न सफल अभिनेताको रुपमा रहेका महानायक हमालको काठमाडौं महानगरपालिका वडा नंबर २६ कपुरधारास्थित निवासमा अझैपनि नेपालका अत्यन्त लोकप्रिय राजा वीरेन्द्र र रानी ऐश्वर्य राज भएको रातो सोफा रहेको छ।
अभिनेता हमालको पिता राजनीतिक कुतनितिज्ञ भएको कारण हमाल परिवारमा राजपरिवारको आतेजाते हुनु स्वभाविक हो। त्यसक्रममा महानायक हमालले राज वीरेन्द्र र रानी ऐश्वर्य घरमा सवारी भएको बेला सानो उमेरमा नै बातचित गर्ने मौका पाएको त्यो अवसरलाई महानायक हमालले पुरानो फोटो मार्फत सार्वजनिक गरेका छन्।
राजा वीरेन्द्र र रानी ऐश्वर्य राज भएको त्यो रातो सोफा अझैपनि आफ्नो निवासमा सुरक्षित रहेको भन्दै सोही सोफामा बसेर फोटो खिचेर सार्वजनिक गर्ने कार्य पनि भएको छ। चलचित्र युग देखि युगसम्मवाट करिअर शुरु गरेका महानायक हमालले तीन दशक नेपाली चलचित्र उद्योगमा निरन्तर राज गरेका छन्।
केही वर्षयता मात्र पहिलाजस्तो बिजी नदेखिएका हमालको ढल्किदो उमेरमा मधु भट्टराईसंग प्र्रेम विवाह भएको हो। यो बर्ष हमाल पिता बन्ने सोचमा रहेको पनि समाचार स्रोतको भनाई रहेको छ। पत्नी मधु भट्टराईको पनि त्यही चाहना भएको कारण सुरसार गर्न लागिएको पनि समाचार स्रोतले भनेको छ।