–सुनकुमार अवाल
काठमाडौं। समाजको प्रतिविम्ब नै कला हो। कला र कलाकारिताले समाजलाई परिवर्तन गर्न निक्कै नै भूमिका निर्वाह गर्ने गर्दछ। जुन हरेक कलाकारको गौरबता भएको कलाकार तथा मोडल सीता पाख्रिनको जिकिर रहेको छ।
सानैदेखि कलाकारिता भनेपछि हुरुक्क बन्दैआएकी सीता पाख्रीन नेपाली कला क्षेत्रमा सफल बन्न संघर्षरत रहेकी छन्। गायक राम लामा र निलासा राईको स्वरमा रहेको बकैया खोलीमा बोलको लोक दोहोरी गीतको म्युजिक भिडियोमा अभिनय गरेर मोडलिङ्ग क्षेत्रमा औपचारिक रुपमा प्रवेश गरेकी सीताले गायिका सत्यकला राई र गायक रामकुमार राईको स्वरमा रहेको लोक दोहोरी गीत फुल फुल्यो बेली बोलको गीतमा समेत अभिनय गरेकी छन् ।
त्यसो त म्युजिक भिडियोहरुमा मोडलिङ्ग गर्नुको अलावा नेपाली कथानक चलचित्रमा समेत सीताले आफ्नो अभिनय क्षमता प्रस्तुत गरिसकेकी छन्। राजु लामाद्वारा निर्देशित नेपाली चलचित्र मुन्नाभाइमा उनको अभिनय रहेको छ। कला क्षेत्रले नै समाजलाई सही र सकारात्मक मार्गनिदेर्शन गर्न सक्ने उनको कथन छ।
कला क्षेत्रले नै देश र समाजमा विद्यमान विसंगति तथा विकृतिलाई औंल्याएर भण्डाफोर गरेर सचेत गराउन आवश्यक रहेको उनको भनाई छ। कला क्षेत्रमा भविष्यपर्यन्त मौका तथा अवसर पाउंदै गएमा निरन्तरता दिने उनको सोच रहेको छ। प्रकाशन मिति–२०७७ साल जेठ २४ गते शनिवार ।