Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
बुटवल। बलिउडमा ख्यातिप्राप्त नेपाली अभिनेत्री मनिषा कोइराला मंगलबार रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी छन्। राससका अनुसार, परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गरेपछि मनिषा कोइराला काठमाडौँ आएकी हुन।
मनिषासँंगै निजी गाडीमा परिवारका सदस्यसमेत रहेको बताइएको छ। भारतीय भूमिबाट नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले मनिषा र उनको परिवारको स्वास्थ्य परीक्षण गरेका थिए। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बेलहिया नाकाबाट मनिषा कोइराला नेपाल आएको पुष्टि गरेका छन्।
नेपाली सेना पश्चिम पृतनाका प्रवक्ता प्रेम थापाले सेनालाई अभिनेत्री मनिषा कोइरालासहितको परिवारको आगमन विषयमा कुनै जानकारी नभएको तर उनीहरु काठमाडौँ प्रस्थान गरेको सूचना भने पाएको राससलाई बताएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले पनि कोइराला परिवार नेपाल प्रवेश गरेको पुष्टि गरेका छन्।
नेपाल भारत सीमा विवाद चलेका बेला नेपाली राष्ट्रियताका पक्षमा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले नेपालमा मनिषा कोइरालाको प्रशंसा भइरहेको छ। भारतीय मिडिया भने, अभिनेत्री कोइरालाप्रति भारत विरोधी अभियानमा लागेको भनेर तिब्र प्रतिक्रिया जनाउंदै उनीमाथि खनिदै आएका छन्।
मनिषा कोइरालाले नेपाली श्रम भारतमा बेचेतापनि नेपाली स्वाभिमान नबेचेको प्रष्ट अनि सिधा जवाफ दिदै नेपाल र नेपालीप्रतिको ममता तथा राष्ट्रप्र्रेमलाई उजागर गर्दै आएकी छन्। जुन हामी सवै नेपालीहरुको शान तथा गौरब हो।
मनिषा कोइराला काठमाडौं आइसकेको भएतापनि होटलको क्वारेन्टाइनमा बसेको समाचार स्रोतको भनाई रहेको छ। तर, कुन होटलको क्वारेन्टाइनमा बसेको भने खुलाइएको छैन्। प्रकाशन मिति–२०७७ साल जेठ २१ गते बुधवार ।