Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौं। पत्रकारितामा डिग्री गर्दै गरेकी आशा गौतमको वास्तविक पहिचान भने पत्रकारिता होइन। रेन्बो इन्टरनेशनल कलेजवाट पत्रकारितामा ब्यांचलर सकाएर हाल डिग्रीको तयारीमा लागिरहेकी आशा गौतमको जागरुकता तथा पहिचान डान्समा रहेको छ।
सानैदेखि डान्स सिकेको कारण हरपल डान्समा नै रमाउने आशा गौतमको चाहना र इच्छा डान्स नै हो। त्यसमाथि, कठिन भन्दा कठिन डान्स गर्न रुचि राख्ने आशा गौतमको स्पेशलाइज भने चर्या डान्स हो। चर्या डान्स गर्न भनेपछि ज्यान–प्राण दिएर लाग्ने आशा गौतम यो बौद्धकालिन मौलिक डान्स भएको प्रतिक्रिया व्यक्त गर्छिन्।
डान्सप्रतिको असिम चाहना र लक्ष्यले गर्दा नेपालको नंबर वान नृत्य तथा संगीतको विद्यालय साधना कला केन्द्र रोजाईको स्कुल अफ कलेज नै बन्यो। साधना कला केन्द्रमा हाल म्यानेजिङ डाइरेक्टर पदमा कार्यरत आशा गौतमको विषयमा साधना कला केन्द्रका संस्थापक अध्यक्ष मिलन मोक्तान पनि आशा गौतममा कामप्रति अत्यन्त लगनशीलता तथा इमान्दारिता भएको बताउंछन्।
यसले गर्दा साधना कला केन्द्रका हरेक कार्यको नेतृत्व आशा गौतमलाई नै दिइने गरेको छ। सोही नेतृत्वले बलिउड बीग स्टार आशा भोसले स्टेज बीग प्रोग्राम देखि महानायक राजेश हमाल प्रोग्रामसम्म सहज ढंगवाट पूरा गर्न सफल भएको संस्थापक अध्यक्ष मोक्तानले खुलेर आशा गौतमको प्रशंशा गरेका छन्।
काठमाडौं महानगरपालिका वडा नंबर १५ स्थित डल्लु बजारमा जन्मी–हुर्केकी आशा गौतमले साधना कला केन्द्रमा जुम्बा डान्स तथा एरोबिक पनि सिकाउने गरेकी छन्। वाँकी समय चारवटा स्कुलमा डान्स सिकाउने गरेकी आशा गौतममा निराशा भने छैन्। आशामा नै बाँच्न जान्नु पर्दछ भन्ने आशा गौतम निराश बन्न नहुने उनको धारणा रहेको छ।