Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौं।काठमाडौं महानगरपालिकाभित्रका कोर एरियाहरुमा कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन स्थानीय युवाहरु सक्रिय बनेका छन्। उनीहरुले कोरोना संक्रमणवाट बचाउन एकप्रकारले सिल नै गरेका हुन।
स्वघोषित रुपमा काठमाडौं महानगरपालिका वडा नंबर २०, २१ र २५ का स्थानीय युवाहरुले ती स्थानहरुमा अपरिचितहरुलाई प्रवेश निषेध नै गरेको छ। कुनै अत्यावश्यक काम नपरिकन वाहिर ननिस्कन सवैलाई सचेतना गर्ने कार्य पनि भएको छ।
काठमाडौं महानगरपालिकाका भित्री टोलहरु जैसिदेवल, चिकँमुगल, बसन्तपुर, नघल, ठहिटी, त्यौड, ज्याठा, तलाछी लगायतका वाटोघाटोहरुमा अवरोध खडा गरेर हिँड्डुलमा रोक लगाइएको छ।
त्यस्तैगरेर, कालिमाटी तरकारी बजारसंगै जोडिएको गल्लीको टोलमा पनि आवतजावतमा रोक लगाइएको छ। स्थानीय युवाहरु जागरुप भएर कोरोना संक्रमण विरुद्ध गरेको यसप्र्रकारको अभियान सकारात्मक भएको भनेर सवैले तारिफ गरेको पाइएको छ। युवा स्वयम् सेवकहरुले अनुगमन र निगरानी राख्ने कार्य भैरहेको भिजन संसार डटकमका प्रतिनिधिहरुले जनाएका छन्। प्रकाशन मिति–२०७७ साल जेठ ३ गते शनिवार ।