काठमाडौं। नेपालको कालापानी लिपुलेक हुँदै चीनको तिब्बत जोड्ने बाटो बनाएर शुक्रबार भारतले उदघाटन गरेपछि नेपालमा त्यसको व्यापक विरोध भैरहेको छ। सडकदेखि सदनसम्मै त्यसको विरोध भैरहेको हो।

त्यसक्रममा आज आइतवार लकडाउनको पनि कुनै परवाह नगरिकन काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि पुगेर मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीलगायतका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्।

कान्तिपुर दैनिकको अनलाइन संस्करण अनुसार, संसद् भवनको दुई नम्बर गेट अगाडि प्रदर्शन गरिरहेका १० जनाजतिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले त्यस कुराको पुष्टि पनि गरेको छ।


प्रकाशन मिति–२०७७ साल बैशाख २८ गते आइतवार ।