काठमाडौं। नेपालमा कोरोनाको कहरको कारण लकडाउन भएको आज मिति २०७७ बैशाख २८ गते आइतवारसम्म आइपुग्दा ४८ दिन भएको छ। लकडाउनको ४८ औं दिनदेखि सरकारले राजधानी काठमाडौंमा चल्ने सवारीसाधनका लागि टाइम कार्ड लागू गरेर लकडाउनमा खुकुलोपन ल्याएको छ।

सरकारी कर्मचारी, बैंक तथा वितिय संस्था र अत्यावश्यक सामाग्री वोक्ने सवारी साधनका लागि टाइमकार्ड लागू गरेर खुकुलो पार्दा राजधानी काठमाडौंमा सवारी साधनको ट्राफिक जाम नै तस्वीरमा देखिदा लकडाउन खुलेको हो कि भान भएको छ।

लकडाउनका कारण सुनसान बनेको राजधानी काठमाडौंमा एकाएक टाइमकार्ड अनुसार निश्चित स्थानमा पुग्न सरकारी, बैंक तथा वितिय संस्थाका कर्मचारीका सवारी साधनहरुको भीड बढे्पछि ट्राफिक जाम नै भएको हो।

विशेषत अफिस टाइममा काठमाडौंको नयाँ बानेश्वर, माइतिघर, थापाथली, पुतलीसडक, त्रिपुरेश्वर, सिंहदरवार लगायतका रोडमा व्यापक ट्राफिक जाम देखिएको थियो।
प्रकाशन मिति–२०७७ साल बैशाख २८ गते आइतवार ।