काठमाडौ। नेपाल सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा अत्यन्त लोकप्रिय सामाजिक सन्जाल फेसबुक चलाउन रोक लगाइएको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रवक्ता विनोद कुँवरले विहान ९ बजेदेखि सांझ ५ बजोसम्म सिंहदरवारभित्रका कार्यालयका कम्प्युटरहरुमा फेसबुक नचल्ने गरिदिएको छ।
कार्यालय समयमा कर्मचारीहरु फेसबुकमा बढी रम्ने भएवाट काममा निक्कै प्रभाव पर्न जान गएकोले रोक लगाउन बाँध्य भएको प्रवक्ता कुँवरले भनेका छन्। कार्यालय समय ९ बजेअगाडि र ५ बजेपछि भने सिंहदरवारका कार्यालयहरुको कम्प्युटरमा फेसबुक चल्छ।
प्रकाशन मिति–२०७२ साल चैत्र १९ गते शुक्रबार ।