काठमाडौं। राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यबिधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ मन्त्रिपरिषदको सिफारिसमा तत्काल राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेपछि विपक्ष दल नेपाली कांग्रेसले यसलाई बेमोैसमी बाँसुरी भनेका छन्।
नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले विज्ञप्ति जारी गर्दै नेपाली इतिहासकै सवैभन्दा दुःखद घटना भनेर उल्लेख गरेका छन्। कोरोनाको कहरको वर्तमान विषम अवस्थामा यसप्रकारको जारी अध्यादेशप्रति नेपाली कांग्रेसको विमति रहेको भन्दै देउवाले तत्काल फिर्ता गर्न भनिएको छ।
जारी दुई अध्यादेशमा राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत पुर्याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ। संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा भने प्रमुख प्रतिपक्षी दलका नेताबिनै संवैधानिक परिषदको बैठक बस्न र निर्णय गर्न सकिने व्यवस्था गरिएको छ। प्रकाशन मिति–२०७७ साल बैशाख ८ गते सोमवार ।