काठमाडौं। नेपालमा कोरोनाभाइरसवाट संक्रमित दोश्रो १९ बर्षिया काठमाडौ निवासी युवती निको भएर डिस्चार्ज भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनको आरोग्यको कामना गरेका छन्।

नेपालकी दोस्रो कोरोना संक्रमित बिरामी उपचारपछि निको भएर शनिबार घर फर्किएको खवर आएको लगतै प्रधानमन्त्री ओलीले खुशी व्यक्त गर्दै उनको आरोग्यतको कामना गरेका हुन।

प्रधानमन्त्री ओलीले उनको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरूलगायतलाई बधाइ तथा धन्यवादसमेत व्यक्त गरेका छन् ।

गएको चैत ४ गते ती युवती फ्रान्सबाट नेपाल आएकी थिइन् । चैत १० गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि ‘आइसोलेसन’मा राखेर उपचार गरिएको थियो।
प्रकाशन मिति–२०७७ साल बैशाख ६ गते शनिवार ।