Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौं। विश्वविख्यात पूर्वपोर्न स्टार एवम् बलिउड अभिनेत्री सनी लियोनी र उनका पति डेनियल वेबरले दाम्पत्य जीवनको नवौं वार्षिक उत्सव मनाएका छन्। बार्षिक उत्सव मनाउने सिलसिलमा वेबरले सनीको खुलेर प्रशंसा गरेका छन्।
सनीलाई पत्नीका रूपमा पाउँदा निकै खुशी लागेको भारतीय समाचार माध्यमहरुलाई प्रतिक्रिया दिएका छन्। उनले सनीलाई पहिलोपटक लस भेगासमा भेटेको र पहिलो भेटमै मन पराएको बताएका छन्। उनले आफूलाई पोर्न स्टार सनी लियोनका श्रीमानभन्दा ज्यादै खुशी लागेको भनेका छन्।
सनी हिट पोर्न स्टार भएकै बेला आफूले अमेरिकामा उनलाई मन पराएर प्रेम गरेका हुँ बताउंदै पहिलो भेटमा सनी पोर्न फिल्ममा हिट भएको र आफूले त्यो जानकारी पाएरै उनीसँग नजिक भएको पनि बेवरले बताए।
वेबरले सनीको हर कुरामा साथ दिएको र आफूलाई सबैले पोर्न स्टार सनीको पति भन्दा खुशी लाग्ने गरेको बताएका छन्। सन् २०११ मा विवाह गरेका उनीहरुले दुई सन्तानलाई धर्म सन्तानका रूपमा ग्रहण गरेका छन्।