–सुनकुमार अवाल
भक्तपुर। पतन्जलि योग समिति काठमाडौंले विभिन्न स्थानीय तहमा सप्ताहब्यापी योग प्रशिक्षण कार्य गर्दैआएको छ। अझ अन्तरराष्ट्रिय योग दिवसको अवसरमा विशेष योग शिविर कार्यक्रम संचालन भएको हो। यसैसन्दर्भमा असार ४ गते काठमाडौं महानर योग समितिले काठमाडौं महानगरपालिका वडा नंबर ४ स्थित धुम्बाराहीमा विशेष योग शिविर कार्यक्रम भएको छ।

त्यसैगरेर, असार ६ गते २१ जुन को दिन पतन्जली योग समिति काठमाडौंले चाबहिलस्थित भत्केको पुल धनयन्तरी फुटसलमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा बृहत कार्यक्रम सहित पाँचौ अन्तरराष्ट्रिय योग दिवस मनाएको जानकारी पतन्जलि युवा समिति काठमाडौंका अध्यक्ष केदारनाथ बस्ताकोटीले बताएका छन्।

असार ४ गतेको कार्यक्रमको अध्यक्षता पतन्जलि महानगर समिति प्रमुख कैलाश प्रधान र प्रमुख अतिथी पतन्जली योग पिठ को कर्पोरेट सदस्य उध्दब तिमल्सिनाले गरेका थिए। उक्त कार्यक्रममा पतन्जलि योग समितिको अध्यक्ष सुरेन्द्र रिमाल लगायतले योगको महत्व बारेमा प्रकाश पारेका थिए। कार्यक्रममा करिब ३०० योग शिक्षक तथा साधकहरुले एक साथ योग गरेका थिए।


(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७६ साल असार ९ गते सोमवार ।