Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौं। रेक्स फेसन होमको गौरबशाली आयोजनामा बेग्लै सोच र फरक शैली तथा ढंगवाट नेपालमा पहिलो पल्ट आयोजना हुन गैरहेको काराओके आईकन २०७५ को काठमाडौं अडिसन संपन्न भएको छ।
शनिवार काठमाडौंको ठमेल स्थित डालिमा गार्डेनमा काराओके आइकन २०७५ को काठमाडौं अडिसन भएको हो। निक्कै नै उत्साह तथा उमंगका साथ काठमाडौं अडिसनमा ३१ जना प्रतिभाशाली गायक–गायिकाहरुले सहभागिता जनाएका छन्। उनीहरुको व्यग्र प्रतीक्षा तथा बेग्लै पाराको तयारीले उनीहरु सवैलाई काठमाडौं अडिसनले सेलेक्ट गरेको जानकारी काराओके आईकन २०७५ का आधिकारिक निर्णायक बुनु राई मानन्धरले भिजन संसार डटकमलाई जानकारी दिएकी छन्।
नेपालभर एक पछि अर्को गरेर अडिसन गरिने तथा मिलेमा नेपाल वाहिर दार्जिलिङ र सिक्किमसम्म पुग्ने योजना रहेको आयोजक रेक्स फेसन होमका म्यानेजिङ डाइरेक्टर खगेश रञ्जितकारले भनेका छन्।
सवै ठाउंको अडिसनवाट उत्कृष्ट बनेकाहरु वीच हुने ग्राण्ड फाइनलवाट काराओके आइकन २०७५ छानिने प्रमुख निर्णायक ख्यातिप्राप्त गायक भीम तुलाधरले बताए। आयोजक रेक्स फेसन होमका सिईओ रेक्स रञ्जितकार तथा प्रोग्राम कोर्डिनेटर नैना खड्गीको प्रमुख व्यवस्थापनमा भएको काठमाडौं अडिसन अत्यन्त सफल मानिएको छ।
जुन सफलताको उत्साहले काठमाडौं बाहिरको अडिसनलाई प्रेरणा मिलेको रेक्स फेसन होमले जनाएको छ। संगीतको विकास तथा गायन क्षेत्रलाई व्यापकता दिन र कलाकार, गायक–गायिका, नायक–नायिका र दर्शक वीच मितव्ययिता कायम गर्न काराओके आइकन गर्न लागेको आयोजक रेक्स फेसन होमका म्यानेजिङ डाइरेक्टर खगेश रञ्जितकारको भनाई रहेको छ।