–खिमानन्द पोखरेल

Kabi Khimananda Pokhrel with Rastra Kabi Madhav Ghimire.

कलमको कुरा जान्नेहरू
मसिको कुरा गर्न
जान्दैनन्
मसिको कुरा जान्नेहरू
कलमा प्रवाहित हुन
सक्दैनन्
कलमलाई मसि
बुझ्नेहरू
मसिलाई कलम
बुझ्नेहरू
किन

कहाँ
झुक्किन्छन्
कसरी

कुन बेला
चुक्छन्
मलाई थाहा
छैन

क़लम हुँ

जस्ले समात्यो
त्यसैसँग हुन्छु
जस्ले लेख्यो
त्यसैसँग हुन्छु
जस्ले माया गर्यो
उसैसँग
सुरक्षित हुन्छु
जस्ले आदर गर्यो
उसैसँग
नम्र बन्छु
मान्छे मेरो
अपमान गर्ने
प्रयास गर्छ
मान्छेले नै
मेरो खेदो
खन्छ
मान्छेले नै मलाई
शिर चढाउँछौ

पाउ पछार्छ

असल मान्छेको
विरोध गर्न
मलाई
रत्तिभर आँट
आउँदैन
त्यसैले
आज भोलि

दुबैको असल
साथी
बनेर आफू
जिबन्त बन्ने
प्रयास गरिरहेछु ।

(खिमानन्द पोखरेल नेपालका प्रसिद्ध कवि हुनुहुन्छ।)
प्रकाशन मिति–२०७५ साल कात्तिक ४ गते आइतवार ।