ललितपुर। बरिष्ठ बाल साहित्यकार गणेश अपारकी नातिनी नन्दिता बैद्य यतिखेर गायिकाको रुपमा देखा परेकी छन्। ११ बर्षिया नन्दिताको गायन रहेको गीति–एल्वम नन्दिता गुनगुनको शनिवार विमोचन भएको छ। ललितपुरमा आयोजित कार्यक्रममा सांगितिक एल्बम नन्दिता गुनगुनको अलावा सोही एल्वमको एउटा गीतको म्यूजिक भिडियाकोे पनि सार्वजनिक गरिएको हो।

कार्यक्रममा वाङमय शताव्दी पुरुष संस्कृतिविद् डा.सत्यमोहन जोशीको साथमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रिमियर इन्टरनेशनल स्कूलकी संस्थापक निर्देशक पवित्रा लिम्बु, म्यूजिक नेपालका प्रवन्ध निर्देशक सन्तोष शर्मा, नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठ, म्यूजिक भिडियो निर्देशक प्रदीपमान श्रेष्ठ, नन्दिताका पिता नन्दनराज वैद्य र माता रीता नेमकुल वैद्यले संयुक्त रुपमा एल्वमको विमोचन गरेका थिए।

विमोचित एल्वम ‘नन्दिता गुनगुन’मा पाँच बालगीतहरु रहेका छन्। एल्वमका गीतहरुको रचना गणेशराज वैद्य ‘अपार’, चतुर्भुज केवरत, गुरुदेव कामत, उत्तम थापा मगर, डि.पि. खनालले गरेका हुन् भने संगीत गुरुदेव कामत र उत्तम थापा मगरले दिएको हो। एल्वमलाई म्यूजिक नेपालले बजारमा ल्याएको छ।

प्रकाशन मिति–२०७५ साल साउन २० गते आइतवार ।