काठमाडौ। एचआईभी पीडित बालबालिकाहरुको लागि आवश्यक खेल सामाग्री हस्तान्तरण गरिएको छ। कीर्तिपुरको भत्क्यापाटी स्थित बेबी लाइभ होममा हस्तान्तरण गरिएको हो।

रिभेल इभेन्टस् र एभरेष्ट अवाकिङको संयुक्त आयोजनामा हस्तान्तरण कार्यक्रम भएको जानकारी रिभेल इभेन्टका अध्यक्ष राजेश हमालले भिजन संसारले वताएका छन्।

रिभेल इभेन्टका राजेश हमालका साथमा कुवेर कार्की, समिर हमाल,Jesse Paris Smith & Pamba Chhewang Sherpa लगायत नेपाली चलचित्रकी ख्यातिप्राप्त नायिका रेजिना उप्रेती, क्रान्तिकारी नायिका विमला केसी, हाँस्यअभिनेता भोक लाग्यो देविराम पराजुली, निर्देशक श्याम राई, चर्चित मोडल तथा नायिका क्षितिजा शाक्य, रेसलर हिमालय टाइगर विसुराल, महिला रेसलर भगवती खड्का, नायिका पवित्रा आचार्य, अस्मिता जुरेली, अजय शमशेर राणा खेल हस्तान्तरण कार्यक्रममा पुगेका थिए।

कलाकार तथा खेलाडीको संयुक्त टोलीले एचआईभी पीडित बाल–बालिकाहरुलाई खेल सामाग्री वितरण गरेर उनीहरुलाई हौसला प्रदान गर्ने कार्य भएको थियो।

प्रकाशन मिति–२०७५ साल असार ९ गते शनिवार ।