काठमाडौ। वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज शनिवार फिर्ता पठाइएको छ।

कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धव रिजालले बताएका छन्। विदेश पुगिसकेपछि उद्धार गरिहाल्नुपर्ने स्थिति देखिएकाले फिर्ता पठाउने निर्णय गरिएको सूचना अधिकारी रिजालले भनेका छन्।

‘वैभव’ नामक मेनपावर कम्पनीले उनीहरुलाई ‘रिसेप्सनिष्ट’ मा पठाउन खोजेपनि प्रवेशाज्ञामा भने ‘क्लिनर्स’का लागि श्रम स्वीकृति दिइएको छ। उनीहरुलाई बिहान ८ः३० बजे विमानस्थलबाट फिर्ता पठाइएको हो।
प्रकाशन मिति–२०७५ साल असार ९ गते शनिवार ।