ललितपुर। पर्यटन विकासमा आन्तरिक पर्यटनको अझ महत्व हुने गर्दछ। आन्तरिक पर्यटनले स्थानीय पर्यटनको प्रवद्र्धनमा थप बृद्धि हुने गरेको छ। आफ्नो मुुलुकमा रहेको कला–संस्कृतिको पहिचान र पहिरनको प्रवद्र्धन आफैले गर्न सकेमा विदेशी पर्यटकहरुलाई आकर्षित बनाउन सकिन्छ भन्ने प्रभाव पूर्वीनेपालको इलाम देखि पश्चिम नेपालको पोखरा घान्द्रुकसम्म दिनानुदिन बृद्धि हुन थालेको छ।

ती स्थानमा पुग्ने नेपालका आन्तरिक पर्यटक नेपालीहरु नै त्यहाँको कला–संस्कृति र पहिरनमा रमाउन थालेका छन्। यसैक्रममा ललितपुर महानगरपालिका पदाधिकारीहरु सिटी टु सिटी कोअपरेसन कार्यक्रम अन्तर्गत पोखरा लेखनाथ महानगरपालिकाको अध्ययन भ्रमणका क्रममा पोखराको घान्द्रुक पुगेर फर्केका छन्।

त्यहाँ पुगेर त्यहाँको गुरुङ कला तथा संस्कृति र पहिरनको प्रवद्र्धन गर्ने कार्य ललितपुर महानगरपालिकाका पदाधिकारीहरुवाट भएको छ। जुन निक्कै कलात्मक तथा रचनात्मक भएको छ। ललितपुर महानगरपालिका समाज कल्याण महाशाखाका बरिष्ठ अधिकृत प्रेम वहादुर थापा, सामुदायिक विकास शाखाकी अधिकृत सरिता महर्जन, सामाजिक विकास समितिकी सदस्य सुप्रभा शाक्य लगायतले त्यहाँको गुरुङ पहिचानको पहिरन पहिरेर गुरुङ पहिरनको प्रवद्र्धन गर्ने कार्य भएको छ। जुन अत्यन्त रचनात्मक भएको त्यहाँका स्थानीयहरुको ठहर रहेको छ।

१ सय रुपैया तिरेर आफ्नो साइज अनुसारको पहिरन लाएर फोटो खिच्ने र खिचाउने पाइने पोखराको घान्द्रुकमा व्यवस्था गरिएको छ। पहिलो पल्ट शुल्क तिरेर त्यसरी गुरुङ पहिचानको पहिरन लाएर फोटो खिचाउन पाउंदा अत्यन्त गौरब लागेको जानकारी ललितपुर महानगरपालिका सामुदायिक विकास शाखाकी अधिकृत सरिता महर्जनले भिजन संसारलाई दिएकी छन्।

अधिकृत महर्जनले नेपालका सवै जातिको पहिरन र परम्परा गौरबमय रहेको समेत जिकिर गरेकी छन्। आन्तरिक पर्यटककै रुपमा आफूहरुले मुलुकको गौरब बढाउने पहिरन र कला–संस्कृतिको प्रवद्र्धन गर्न पाएकोमा अत्यन्त खुशी लागेको पनि अधिकृत महर्जनले बताएकी छन्।


प्रकाशन मिति–२०७५ साल जेठ १३ गते आइतवार ।