काठमाडौ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथवाट फर्केर पशुपतिनाथ मन्दिर पुगेका छन् । मोदी पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा अर्चनाका लागि त्यहाँ पुगेका हुन्

मोदीलाई पशुपतिनाथ मन्दिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पशुपति विकास कोषका पदाधिकारीलगायतले स्वागत गरे।

मोदीले मुक्तिनाथमा जस्तै त्यहाँ केहीबेर पूजाआजा गरेका छन्। २ दिने राजकीय भ्रमणमा आएका मोदीलाई काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नगर अभिनन्दन गर्ने भएका छन्। त्यसपछि मोदी भारत फर्कने कार्यक्रम रहेको छ।
प्रकाशन मिति–२०७५ साल बैशाख २९ गते शनिवार ।