काठमाडौ। नेपालको भगवान पशुपतिनाथ र भगवान स्वयम्भूनाथ मन्दिर वरपर रहेका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी/एड्सको संक्रमण भएको प्रमाणित भएको छ । केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले यस कुरालाई पुष्टि गरेको हो ।
काठमाडौवाट प्रकाशित नयाँ पत्रिका दैनिकले उल्लेख गरेअनुसार, ३९ मध्ये ३७ बाँदरमा क्यान्सर र एचआइभीरएड्सको संक्रमण देखिएको थियो । विश्वविद्यालयले पहिलो समूहमा १२, दोस्रोमा ११ र तेस्रोमा १६ बाँदरमा अध्ययन गरेको थियो। जसअनुसार १७ भाले र २२ पोथी बाँदर थिए। अनुसन्धानकर्तालाई उद्धृत गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा। शेरबहादुर पुनका अनुसार नेपाल बाँदरको टोकाइबाट लाग्ने क्यान्सर र एचआइभीरएड्सको उच्च जोखिममा छ।
नेपालको पशुपति र स्वयम्भूका बाँदर मान्छेदेखि डराउँदैनन् । उल्टै मानिसलाई आक्रमण गर्न आउँछन् । यस्तो अवस्थामा मानिसलाई चिथोर्यो वा उसको शरीरमा भएको रगत मानिसमा सर्यो भने कुनै न कुनै समयमा त्यस्तो मानिसमा क्यान्सर, एचआइभीरएड्सलगायतका अन्य रोग सर्न सक्छ,’ अनुसन्धानकर्ताको भनाइ उद्धृत गर्दै डा. पुनले भनेका छन् । त्यसैले भगवान पशुपतिनाथ र स्वयम्भुनाथ जाँदा अनावश्यक रुपमा त्यहाँ बाँदरलाई जिस्काउने र खानेकुुरा दिएर लोभ्याउने कार्य गर्न तथा गराउनु भएन। सचेत हुन आवश्यक रहेको सरोकारवालाहरुको अनुरोध रहेको छ।
प्रकाशन मिति–२०७३ साल चैत्र १ गते मंगलवार ।