काठमाडौ। पूर्वी नेपालको भोजपुरमा सोमवारवाट अनिश्चितकालिन यातायात बन्द आव्हान गरिएको छ। जसले गर्दा आज विहानैदेखि साना–ठूला सवैखाले यातायात बन्द भएको छ। जसको कारण भोजपुरको जन–जीवनमा कठिनाइ भएको छ।
राससका अनुसार यात्रुवाहक बसका सञ्चालकलाई कुटपिट गरेको कारण यातायात बन्द गरिएको हो। संयुक्त बस व्यवसायी संघ भोजपुर, सगरमाथा ट्याक्सी व्यवसायी संघ, ट्र्याक्टर संघ, नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर सङ्गठनलगायतले प्रेस विज्ञप्ति जारी गर्दै बन्द गरेका हुन् ।
शनिबार धरानबाट भोजपुर आउँदै गरेको ना ४ ख ७३१७ नम्बरको यात्रुबाहक बसका सञ्चालक पर्वत तामाङलाई बिना कारण तिवारी भन्जाङ गाविसका गौतम राईसहितको १५ जनाको टोलीले मरनासन्न कुटेपछि कुटपिट गर्नेलाई पक्राउ गरी भोजपुर जिल्ला प्रहरी कार्यलयमा ल्याएपनि उल्टै प्रहरी प्रशासनबाट पीडकलाई प्रश्रय दिने काम भएकाले आफूहरुले विरोध स्वरुप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको संयुक्त बस व्यवसायी संघ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले बताए। घटनामा संलग्नलाई कानुनी कारबाही नगरिएसम्म बन्द फिर्ता नगर्ने बताइएको छ।
प्रकाशन मिति–२०७३ साल पुष ११ गते सोमवार ।