काठमाडौ। तीनदिने नेपालको राजकिय भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी शुक्रबार साँझ भारत फर्केका छन्। बुधवार नेपाल आएका राष्ट्रपति मुखर्जीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दवहादुर पुनले विदाई गरेका थिए।
विदाई समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि पुगेका थिए। भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणवाट नेपाली जनताले निक्कै सास्ती भएको र त्यसको निक्कै आलोचना भएपछि राष्ट्रपति मुखर्जी जनकपुर र पोखरा भ्रमण पछि सिधै पोखरावाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आएर त्यतैवाट नयाँ दिल्ली प्रस्थान गरेका थिए।
प्रकाशन मिति–२०७३ साल कात्तिक १९ गते शुक्रबार । नेपाल संवत ११३७ कछला पंचमी ।