काठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एकसाथ भएको भेटलाई ‘ढुंगा खोज्दा देउता मिलेजस्तो’ भनि टिप्पणी गरेका छन्।
भारतको गोवामा भएको ‘ब्रिक्स’ सम्मेलनमा सहभागी भएर सोमबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँग उनले चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँग एकसाथ भेट हुनलाई दुर्लभ र सुखद् संयोग भनि टिप्पणी गरे। यो भेटले नेपालीको शिर अझै ठाडो भएको र आफ्नो छाति गर्वले फुलेको उनको भनाइ थियो।
आफू ‘लाउन्ज’मा बसिरहेकाबेला चिनियाँ राष्ट्रपति सी आएको र करिब २० मिनेट खुलेर सीधा कुरा भएको प्रधानमन्त्री दाहालले बताए । सीसँग कुरा भइरहेकैबेला भारतीय प्रधानमन्त्री आइपुगेपछि आफूले त्रिदेशीय साझेदारीको विषयमा कुरा गरेको तर कुनै समझदारी नभएको पनि उनले स्पस्ट पारे। दुईदिने गोवा बसाइ उपयोगी र निकै सफल भएको दाबी उनको थियो।
प्रकाशन मिति–२०७३ साल कात्तिक १ गते सोमवार ।