काठमाडौ । युरोपेली देशमा प्रेमी प्रेमिका बीच शारीरिक सम्बन्ध हुनु सामान्य मानिन्छ। तर आफ्ना भर्जिन तर अत्याधिक तौल भएका प्रेमीसँग यौन सम्बन्ध राख्दा एक युवतीले झण्डै ज्यान गुमाउनु परेको तथ्य बाहिर आएको छ । मोटे प्रेमीसँग यौन सम्बन्ध राख्दा गम्भीर अवस्थामा पुगेकी ती युवतीलाई चिकित्सकहरुले बचाएका छन्।
शारीरिक संपर्क राख्ने क्रममा जेनलाई अत्यन्त पीडा भयो। ग्रेग भर्जिन अर्थात कुमार भएका कारण आफूले नै यौन सम्बन्ध राख्ने प्रस्ताव गरेको तर त्यसका कारण झण्डै ज्यान नै गएको उनले स्वीकार गरेकी छन्। ५० किलो तौल भएकी उनले आफ्ना २०० किलोका प्रेमीलाई थाम्न सकिनन् र लडिन्। उनी भित्तामा यति नराम्रोसँग ठोक्किइन कि उनका प्रेमीलाई प्रेमिकाको हत्या गरेको महसुस समेत भयो।
बेहोस भएकी आफ्नी प्रेमिका होसमा आएपछि उनले तत्काल अस्पताल पु¥याएका थिए। अस्पतालमा चिकित्सकहरुले जेनको टाउकोमा चोट लागेको बताए। यद्यपी यो घटनापछि पनि उनीहरुको सम्बन्धमा कुनै समस्या भएन। बरु ४ वर्षको प्रेम सम्बन्धपछि उनीहरु छुट्टिएर साथीको रुपमा हाल रहेका छन्। रमाईलो कुरा त ग्रेगले आफ्ना तौल आधा घटाएर नयाँ साथी खोजिसकेका छन् । (एजेन्सीको सहयोगमा )
प्रकाशन मिति–२०७३ साल असोज २३ गते आइतवार ।