काठमाडौ। विश्वकै आश्चर्य तथा अनौठौ जीवित देवीको रुपमा चिनिएकी कुमारीको दर्शनको लागि आज फूलपातीको दिनवाट खुल्ला गरिएको छ। प्रत्येक बर्षको बडादशैंको फूलपातीको दिनवाट कोजाग्रत पूर्णिमासम्म भक्तजनलाई सहज रुपमा दर्शन दिने परम्परा हुंदैआएको छ।
सोही अनुरुप यो बर्षको बडादशैंको फूलपातीवाट नेपालकी जीवित देवी कुमारीको सर्वसाधारणलाई दर्शनको लागि खुल्ला भएको हो। विहान ९ बजेदेखि साँझ ७ बजेसम्म बसन्तपुरको कुमारीघरमा रहेकी जीवित देवी कुमारीको दर्शन गर्न सकिने कुमारीकी सहयोगी गौतमरत्न शाक्यले बताएका छन्। तलेजु भवानीको प्रतिरुपको रुपमा कुमारीलाई लिइदैआएको छ। यसले गर्दा बडादशैंको नवमीको दिन मध्यरातमा कुमारीलाई तलेजु भवानीको दर्शन गर्न लगिने परम्परा रहेको छ।
प्रकाशन मिति–२०७३ साल असोज २२ गते शनिवार ।