काठमाडौं। अपाङ्गता क्षेत्रको अनुकरणिय एवम् उत्प्रेरणामय विवाह वन्धनमा अपाङ्गता मानवअधिकारकर्मी भोजराज श्रेष्ठ बांधिएका छन्। अपाङ्गता क्षेत्रवाट लामो समयदेखि समसामयिक राजनीति तथा सामाजिक क्षेत्रमा आवाज बुलन्द गर्दैआएका श्रेष्ठको अपाङ्गता भएकी टेलिभिजन तथा रेडियो सञ्चारकर्मी एवम् गायिका कमला श्रेष्ठसंग शुभ–विवाह संपन्न भएको हो।
जन्मेको केही बर्षपछि पोलियोको कारण दुवै गोडा अशक्त भएतापनि सानैदेखि तिक्ष्ण बुद्धि तथा आँट, धैर्य र साहसका धनी व्यक्तित्व भोजराज श्रेष्ठ अपाङ्ता क्षेत्रको बुलन्द आवाज तथा शान हुन्। जसले विसं.२०४६ सालको जनआन्दोलन देखि विसं.२०६२–०६३ को ऐतिहासिका परिवर्तनको आन्दोलनसम्म पनि अपाङ्गता क्षेत्रवाट अग्रमोर्चामा बसेर कमाण्डिङ गरेका श्रेष्ठ लोकतान्त्रिक अपाङ संघका अध्यक्ष तथा स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरका समेत अध्यक्ष हुन्।
त्यस्ते, दुई हात र एक खुट्टा नभएतापनि गायन क्षेत्रवाट अगाडि बढे्की
सञ्चारकर्मी कमला श्रेष्ठले एफएम रेडियो हुदै टेलिभिजनसम्म कार्यक्रम प्रस्तोता देखि समाचारबाचनसम्मको कार्य गरेर अतुलनीय कार्य गर्दैआएकी छन्।
दुवैवीच १२ बर्षअघि चिनाजानी भएपछि माया–प्रेम भएको र मंगलवार अक्षय तृतियाका दिन परिवार सवैको चाहना र सहमतिमा शुभ विवाह संपन्न भएको दुवैले खुशीका साथ बताएका छन्। भोजराज श्रेष्ठ र कमला श्रेष्ठवीचको शुभ विवाह सवैका लागि अनुकरणिय तथा उत्प्रेरणामय हुन पुगेको छ।
प्रकाशन मिति–२०७९ साल बैशाख २० गते मंगलवार (अक्षय तृतिया) ।