सुनसरी । पूर्वी नेपालको सुनसरी जिल्ला स्थित रामधुनी नगरपालिका आसन्न स्थानीय निर्वाचनको कारण तातिएको छ। रामधुनी नगरपालिकाको मेयर तथा उपमेयरको बागडोर कसले सम्हाल्ने भन्ने होडबाजी वीच तातिएको हो।

यो तातोमा सूर्यध्वजावाहक नेकपा एमालेले पुराना प्रभावशाली बामपन्थी नेता तथा थारुभाषाका चलचित्रका सुपरस्टार परशुराम चौधरीको नाम रामधुनी नगरपालिकाको मेयरमा सिफारिस गरेपछि चर्चा थप चुलिएको हो। नेपाली साउण्ड इञ्जिनियर समेत रहेका प्रभावशाली व्यक्तित्व परशुराम चौधरी रामधुनी नगरपालिकाको मेयरको उम्मेदवारमा सर्वसम्मत गर्न र गराउन पार्टीको केन्द्रिय पंक्तीमा दबाब रहेको छ।

रामधुनी नगरपालिकामा भिजेका अनि सवैका प्रिय व्यक्तित्व चौधरीले आफू मेयरको उम्मेदवारमा सर्वसम्मत भएमा निश्चित रुपमा जितेर गौरवशाली पार्टी नेकपा एमालेका श्रद्धेय राजनेता केपी शर्मा ओलीको सुखी नेपाली समृद्ध नेपालको परिकल्पना पूरा गर्न आफू कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

रामधुनी नगरपालिकाको विकास–निर्माणका लागि ठूलै भिजन र मिसन बोकेका चौधरीका साथमा मेयरका आकाँक्षीहरुमा डेगराज फुयाँल, नन्दु बस्नेत, राजेश लम्साल र शंकर चौधरी छन्।

त्यस्तै उपमेयरका आकाँक्षीहरुमा तारा थापा, टीकालक्ष्मी श्रेष्ठ, सविना चौधरी र सोमकुमारी सुनुवार पनि छन्। कसले मेयर तथा उपमेयरको उम्मेदवारको टिकट पाउने हो या होइन ? त्यो भने, बैशाख १० गतेसम्म कुर्नु नै पर्ने भएको छ।
प्रकाशन मिति–२०७९ साल बैशाख ६ गते मंगलवार ।