Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौ। काठमाडौं महानगर सांस्कृतिक शहर हो। यस शहरमा धेरै भन्दा धेरै मूर्त तथा अमूर्त सम्पदाहरु रहेका छन्। ती मूर्त तथा अमूर्त सम्पदाहरुको संरक्षण तथा संवद्र्धन हुन नसक्दा पिता–पूर्खाका ती अमूल्य निधिहरु नष्ट तथा लोप हुने अवस्थामा पुगिसकेको छ।
त्यसरी नष्ट तथा लोप हुन लागेका अमूल्य सम्पदाहरुको संरक्षण तथा संवद्र्धनका लागि विगत २९ महिनादेखि कम्मर कसेर लागेका सम्पदाप्रेमी सामाजिक अभियन्ताको नाम यादवलाल कायस्थ हो। यादवलाल कायस्थ सानैदेखि सम्पदासंगै हुर्केका तन्नेरी युवा हुन। जसको आँखामा सम्पदा संरक्षणका निक्कै सपनाहरु छन्।
ती सपनाहरु पूरा गर्न नेपाली सेनाको १० बर्षे जागिर जीवनवाट स्वेच्छिक अवकास लिएर यसतर्फ लागेका हुन। आँखामा सजिएका सम्पदा संरक्षणका सपनाहरुलाई पूरा गर्न काठमाडौंको धरोहर हिटी संस्कृति अर्थात प्राचिन ढुंगेधारा तथा फल्चा संस्कृति अर्थात पाटीपौवाहरुको संरक्षण तथा संवद्र्धनमा यादवलाल कायस्थका आँखा तेर्सिए।
आफूजस्तै सम्पदाप्रेमी साथीहरुको साथ तथा सहयोगले काठमाडौंवाट लोप हुन लागेका ती कैयन सम्पदाहरुको संरक्षण गर्न यादवलाल कायस्थ सफल बनेका छन्। लोप हुन लागेका हिटी सम्पदावाट पानी आउन थालेका छन्।
कतिपय हड्पेका पाटीपौवाहरुको संरक्षण भएको छ। सडकमा हिंड््डुल गर्न नै नसक्ने गरेर असनमा थाप्ने गरिएका फुटपाथे पसलहरु हटाएर असनको प्राचिन संस्कृतिलाई कायम गर्न यादवलाल कायस्थ सफल बनेका छन्।
काठमाडौं महानगरपालिका वडा नंबर १७ थँहिटी क्वाँडोमा जन्मेका यादवलालको सम्पदा संरक्षण तथा संंवद्र्धनमा कुनै राजनीतिक स्वार्थ छैन्। व्यक्तिगत लाभको आशा पनि गरेका छैनन्।
केवल प्राचिन कान्तिपुरी नगरी काठमाडौंको सभ्यतालाई जिउंदो राख्न पिताले गरेको चाहना अनि पिताले देखेको त्यो सपना पूरा गर्ने प्रयासमा रहेका अनवरत यात्री सम्पदाप्रेमी यादवलाल कायस्थ नेपाललाई अलौकिक सम्पदाको देश भनेर चिनाउन चाहन्छन्।