Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
–रेखा शाक्य
ललितपुर। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण जारी लकडाउनको अवस्थामा काठमाडौं उपत्यकाको लामो समय चल्ने जात्राको रुपमा लिइएको रातो मछिन्द्रनाथको रथमा आज मंगलवारको साइतमा पांग्रा राख्ने काम संपन्न भएको छ।
सहकालको देउताको रुपमा लिइएको रातो मछिन्द्रनाथको जात्रा लकडाउनको बेला हुने या नहुने निश्चित हुन नसकेको अवस्थामा रातो मछिन्द्रनाथको रथको भने व्यापक तयारी भैरहेको छ। आज पांग्रा राखिसकेपछि रथको वाँकी काम पनि एक–दुई दिनमा नै सकिने भएको छ।
ललितपुरको पुलचोकमा रातो मछिन्द्रनाथको रथ निर्माण गर्ने कार्यमा तिब्रता रहेको छ। रथ बनाउने नाइके दिल कुमार बाराहीले वताएअनुसार भोलि बुधवार मिटिङ बसेर रातो मछिन्द्रनाथलाई असार २२ गते रथारोहण गर्ने कुराको छिनोफानो गरिनेछ।
यदि मिटिङमा सो सुझाव पास भएमा सोही निर्णय बमोजिम असार २२ गते रातो मछिन्द्रनाथको रथारोहण गरी असार २५ गते रथ तानिनेछ। प्रकाशन मिति–२०७७ साल असार १६ गते मंगलवार ।