Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौं। कोरोनाको वर्तमान कहरमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीमा नर्सलाई बढी जोखिम हुने गरेको छ। सोही जोखिमका कारण विश्वका धेरै नर्सहरुलाई कोरोनाको संक्रमण देखिएका छन्।
कोरोना संक्रमितको उपचारमा खट्ने ती नर्सहरुलाई जोगाउनका लागि जोखिमपूर्ण क्षेत्रमा रोबोट नर्स परिचालन गर्न नर्स रोबोट निर्माण भएको छ। त्यो नर्स रोबोट नेपालकै जुम्ल्याहा तन्नेरीले गरेका हुन। बुटवलका जुम्ल्याहा दाजुभाइ लव–कुश पन्थीले केही दिनअघि मात्र ‘नर्स रोबोट’ निर्माण गरेका छन्।
एन्ड्रोइड एप्लिकेसन (एप)को माध्यमबाट यो रोबोटलाई मोबाइलमार्फत चलाउन सकिन्छ। चार फिट अग्लो रोबोटमा हाइटेक माइक्रोफोन, अल्ट्रा साउण्ड लजिटेक १२ एमपी क्यामेरा, रेड लिड आइ स्पिकिङ इभेन्ट र रेड लिड माउथ स्पिकिङ इभेन्ट जस्ता प्रोग्रामिङ गरिएको छ।
मोबाइलमा हेरेरै एप्लिकेसनमार्फत रोबोटलाई चलाउन, दिशा परिवर्तन गर्न र रोक्न सकिन्छ। १२ भोल्टको ब्याट्रीजडित रोबोट एक किलोमिटर दुरीसम्म जान र फर्किन सक्छ। रोबोटलाई चाहेको दिशामा गुडाउन र मोड्न सकिन्छ।
यो रोबोट चलाउन इन्टरनेट पनि चाहिँदैन। रोबोटले अस्पतालको बेडमा रहेका बिरामीलाई औषधि, सेनिटाइजर, पानी, खाना आदि पुर्याइदिन सक्छन्। भाइरस संक्रमणको जोखिम नहोस् भनेर तामा, प्लास्टिक र प्लाइउडबाट रोबोट बनाएको दुई पन्थी दाजुभाइको भनाइ रहेको छ।
रोबोट बनाउन ७० हजार रुपैयाँ खर्च भएको उनीहरुले भनेका छन्। लव–कुश तिलोत्तमा कलेजमा कक्षा ११ मा कम्प्युटर विज्ञान विषय पढ्दैछन्। उनीहरूले ‘नर्स रोबोट’ शनिबार प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराललाई हस्तान्तरण गरेका छन् ।