Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौं। पचासको दशकका ख्यातिप्राप्त गायक जोहेब मानन्धरले वर्तमान कोरोनाको कहरमा फरक तथा बेग्लै शैलीवाट भावना प्रस्तुत गरेका छन्।
त्यो पनि गीत गाएर मार्मिकता प्रस्तुत गर्ने कार्य भने गायक मानन्धरवाट भएको छैन्। कवितात्मक शैलीवाट कोरोना कहरको सन्देश तथा लकडाउनले ल्याएको गंभीरतालाई जस्ताको तस्तै गजबले प्रस्तुत गर्ने कार्य गरेका छन्।
हरेक पटक सङीतमा नयाँ प्रयोग फरक शैली गर्न रुचाउने गायक मानन्धरको यो प्रस्तुति समय सान्दर्भिक रहेको छ। सुन्सान बस्ती नामक सन्देशमूलक भिडियोमा आवाज र शब्द स्वयं गायक मानन्धरको नै रहेको छ।
ब्याकग्राउंड संगीत सन्दिप कार्कीले दिएका छन्। भिडियो ग्राफी र सम्पादन जोएल यम डि आर को छ। छोटो मीठो शब्द मा तयार पारिएको यो भिडियो अहिले को समय सन्दर्भ बनेको छ।
अढाई दशक अगाडि म यस्तो गीत गाउंछु तिम्रो चाहनामा बोलको गीतवाट सांगीतिक करियर शुरु गरेका दर्जनौ दर्जन गीत गायक मानन्धरका हिट छन्। पछिल्लो समय यो जिन्दगी बोलको गीत सार्वजनिक भएको छ।